Need Help ?
Call: +977- 089649316
News Flash
  • सवै वालवालीकाहरुलाई विद्यालयमा भर्ना गरौं

जिल्ला शिक्षा अधिकारी

ललितविक्रम सिँह
(जिल्ला शिक्षा अधिकारी)

विद्यालय क्षेत्र सुधार योजना नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा परिलक्षित आधारभूत तथा माध्यमिक शिक्षाका लक्ष्य तथा उद्देश्यहरू प्राप्त गर्न आ.व. २०६६।६७ देखि २०७२।७३ सम्मका लागि तयार

थप हेर्नुहोस

जिल्ला शिक्षा कार्यालय जाजरकोको Web siteमा हार्दिक स्वागत छ

 

मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत भेरी अञ्चलमा पर्ने जाजरकोट जिल्ला एक विकट उच्च पहाडी जिल्ला हो । यसकोे पूर्वमा रुकुम र डोल्पा, पश्चिममा सुर्खेत र दैलेख, दक्षिणमा सल्यान, सुर्खेत र रुकुम तथा उत्तरमा जुम्ला, कालिकोट र डोल्पा जिल्ला पर्दछन् । सुर्खेत जिल्लाको छिन्चुदेखि जाजरकोटको सदरमुकामसम्म १०७ कि.मि. पक्की र कच्ची मोटरबाटो निर्माण भएपश्चात् मोटर गाडीहरु चल्ने हुँदा आवागमनमा केही सजिलो महसुस भएको छ । राजनीतिक हिसाबले यस जिल्लामा २ संसदीय निर्वाचन क्षेत्र, ११ इलाका र ३० गाउँ विकास समिति छन् ।
हाल यहाँको जनसङ्ख्या करिब १,७१,००० रहेको छ । मानव विकास सूचाङ्कका दृष्टिले यो जिल्ला कर्णाली अञ्चलको मुगु र कालिकोट जिल्लाभन्दा अगाडि रहे पनि कर्णालीका बाँकी तीन जिल्लाभन्दा पछाडि नै छ । यहाँका मानिसहरुको आर्थिक क्रियाकलापलाई हेर्दा कृषि प्रमुख पेसाको रुपमा रहेको पाइन्छ भने कतिपय मानिसहरु स्वदेश तथा विदेशमा नोकरी गर्ने गर्दछन् । जिल्लाको पूर्वीभेगका खासगरी नायकवाडा, रोकायागाउँ, रामीडाँडा, सक्ला, रग्दा, भगवती आदि गाविसका मा

थप हेर्नुहोस