Need Help ?
Call: +977- 089649316
News Flash

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय जाजरकोको Web siteमा हार्दिक स्वागत छ

 

मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत भेरी अञ्चलमा पर्ने जाजरकोट जिल्ला एक विकट उच्च पहाडी जिल्ला हो । यसकोे पूर्वमा रुकुम र डोल्पा, पश्चिममा सुर्खेत र दैलेख, दक्षिणमा सल्यान, सुर्खेत र रुकुम तथा उत्तरमा जुम्ला, कालिकोट र डोल्पा जिल्ला पर्दछन् । सुर्खेत जिल्लाको छिन्चुदेखि जाजरकोटको सदरमुकामसम्म १०७ कि.मि. पक्की र कच्ची मोटरबाटो निर्माण भएपश्चात् मोटर गाडीहरु चल्ने हुँदा आवागमनमा केही सजिलो महसुस भएको छ । राजनीतिक हिसाबले यस जिल्लामा २ संसदीय निर्वाचन क्षेत्र, ११ इलाका र ३० गाउँ विकास समिति छन् ।
हाल यहाँको जनसङ्ख्या करिब १,७१,००० रहेको छ । मानव विकास सूचाङ्कका दृष्टिले यो जिल्ला कर्णाली अञ्चलको मुगु र कालिकोट जिल्लाभन्दा अगाडि रहे पनि कर्णालीका बाँकी तीन जिल्लाभन्दा पछाडि नै छ । यहाँका मानिसहरुको आर्थिक क्रियाकलापलाई हेर्दा कृषि प्रमुख पेसाको रुपमा रहेको पाइन्छ भने कतिपय मानिसहरु स्वदेश तथा विदेशमा नोकरी गर्ने गर्दछन् । जिल्लाको पूर्वीभेगका खासगरी नायकवाडा, रोकायागाउँ, रामीडाँडा, सक्ला, रग्दा, भगवती आदि गाविसका मानिसहरु जेठ महिनामा यार्सागुम्बाको खोजीमा वर्षेनी डोल्पा जाने गर्दछन् । उनीहरुका लागि यो आम्दानीको मुख्य स्रोत हो । क्षेत्री जातिको बाहुल्यता भएपनि बाहुन, दलित र जनजातिको बसोबास भएको यस जिल्लामा अधिकांशको भाषा नेपाली नै हो । खाम भाषा बोल्ने मगर जातिहरु पनि यहाँ प्रशस्तै छन् ।
जाजरकोट जिल्लाको सबै भौगोलिक क्षेत्रका बाबिालिकाहरुको शिक्षामा पहुँच रहेको छ । शैक्षिक सुधारका लागि सम्पूर्ण राजनीतिक दल, शिक्षकका पेसागत संघसंगठन, नागरिक समाज, पत्रकार आदि सबैको सकारात्मक सोँच र चिन्तन छ । नेपाल सरकारले कर्मचारीसरह दरबन्दीका शिक्षकहरुलाई व्यवस्था गरेको स्थानीय भत्ताले शिक्षकहरुको मनोवल बढाउनुको साथै पेसाप्रति थप जिम्मेवार हुन प्रेरित गरेको छ । यति हुँदाहुँदै पनि जाजरकोट जिल्लामा थुप्रै शैक्षिक समस्या र चुनौतीहरु भएको जिल्ला शिक्षा कार्यालयको अनुभव छ ।
आर्थिक वर्ष २०६९।०७० मा जिल्ला शिक्षा कार्यालय जाजरकोटका लागि स्वीकृत वार्षिक बजेट तथा प्राप्त अख्तियारी एवम् कार्यक्रम कार्यान्वयन निर्देशिका २०६९।०७० का आधारमा कार्यक्रम कार्यान्वन गरियो । खासगरी विद्यालय क्षेत्र सुधार कार्यक्रमले निर्दिष्ट गरेका लक्ष्य तथा उदेश्यहरुको प्राप्तिका लागि कार्यक्रमहरु सञ्चालन भएका छन् । अधिकांश कार्यक्रमहरुमा सरोकारवालाहरुको सहभागितालाई सुनिश्चित गर्दै आवश्यकतामा आधारित बनाउँदै सञ्चालन गरिएका छन् । साक्षर नेपाल अभियान कार्यक्रम अनौपचारिक शिक्षा केन्द्रबाट प्राप्त निर्देशिकाबमोजिम १४ ओटा गैरसरकारी संघसंस्था, ३ ओटा सामुदायिक अध्ययन केन्द्र र २ ओटा विद्यालयहरु परिचालन गरी ती संघसंस्थामार्फत जिल्लाका १२ ओटा गाविसहरुमा सञ्चालन गरिएका छन् ।